जीवन बीमा गर्दा ४० हजार रूपैयाँ आयकर छुट पाउने

३ बर्ष अगाडि

काठमाडौं- सरकारले जीवन बीमा गर्दा ४० हजार रुपैयाँसम्म आयकर छुट प्रदान गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले उक्त जानकारी गराएका हुन् ।

हाल सरकारले जीवन बीमा गर्ने नागरिकहरुको आयकर बापत बुझाउनु पर्ने रकममा प्रत्येक वर्ष २५ हजार रूपैयाँसम्म कर छुट दिँदै आएको छ ।

बीमा समितिले आगामी आर्थिक वर्षको बजेटले त्यसको सीमा बढाएर १ लाख रूपैयाँ कायम गर्नुपर्ने माग गरेको थियो । तर सरकारले जीवन बीमा गर्दा ४० हजार रुपैयाँसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो ।

बीमितलाई आयकर छुट दिँदा जीवन बीमा गर्नका लागि प्रोत्साहन प्रदान हुने र बचतमा प्रोत्साहन हुने समितिको बुझाई छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया