काठमाडौं - सरकारले व्यक्तिगततर्फ आयकरको सीमालाई बढाएको छ । बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आयकरको सीमा बढाउने घोषणा गरेका हुन् ।
अब अविवाहित व्यक्तिले वार्षिक ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत मात्र सामाजिक सुरक्षा कर तिरे पुग्नेछ । यस्तै, विवाहितको हकमा आयकरको सीमा ६ लाख पुर्याइएको छ । अब ६ लाखसम्म वार्षिक आय गर्ने विवाहितले १ प्रतिशत आयकर तिरे पुग्छ ।
यसअघि यस्तो सीमा अविवाहितको हकमा ४ लाख र विवाहितको हकमा ४ लाख ५० हजार रुपैयाँ रहेको थियो । यस्तै, बीमा प्रिमियमबाट आयकर घटाउन पाउने सुविधाको सीमा पनि सरकारले बढाएर ४० हजार पुर्याएको छ ।
प्रतिक्रिया