नेपाल र अमेरिकाबीच सम्बन्ध चिसियो, नेपाली राजदूतसँग पनि स्पष्टीकरण

७ बर्ष अगाडि

काठमाडौं–भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । 

अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित

नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ । 

यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङमा शुक्रबार काठमाडौंमा रहेका अमेरिकी राजदूत अनुपस्थित भएका छन् ।

अमेरिकी सरकारले नेपालसँग पार्टीको वक्तव्य र सरकारको धारणा एउटै भए÷नभएकोबारेमा डिसी र काठमाडौं, दुवै ठाउँमा जानकारी लिएको काठमाडौ ंस्थित अमेरिकी दूतावासका एक प्रवक्ताले जानकारी दिएकी छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 


 

७ बर्ष अगाडि

प्रतिक्रिया