बियरमा बढ्यो कर, रक्सी र चुरोटमा यथावत

३ बर्ष अगाडि

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा चुरोट र रक्सीको करलाई यथावत राखेको छ । तर वियरमा लाग्दै आएको करमा भने प्रतिलिटर ३० रुपैयाँले बढाएको छ ।

जौबाट बनेको बियरमा यसअघि प्रतिलिटर १९८ प्रतिलिटर रहेकोमा बढाएर २२८ रुपैयाँ पुर्‍याएको छ। जसअनुसार ६५० एमएल बियरको मूल्य साढे १९ रुपैयाँ बढ्ने भएको छ । सरकारले इनर्जी ड्रिङ्सको कर पनि प्रतिलिटर १४ रुपैयाँले बढाएको छ । गत वर्ष ३६ रुपैयाँ प्रति लिटर रहेको कर सरकारले ५० रुपैयाँ पुर्‍याएको छ ।

त्यसैगरी, सरकारले ब्याट्रीको क्षमताअनुसार बिजुली गाडीको अन्तस् शुल्क र भन्सार २० प्रतिशतले बढाएको छ। १५ सय सीसीभन्दा बढीको गाडीमा अन्त: शुल्क पाँच प्रतिशतले बढाएको छ ।

यस्तै, सरकारले इन्टरनेट र दूरसंचार सेवामा पनि कर घटाएको छ । दूरसंचार सेवा दस्तुरवापत यसअघि १३ प्रतिशत लिँदै आएकोमा घटाएर १० प्रतिशत कायम गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया