सरकारले लिदै आएको दूरसञ्चार सेवा दस्तुर तीन प्रतिशतले घट्यो, अब इन्टरनेटको शूल्क घट्ने

३ बर्ष अगाडि

काठमाडौं - सरकारले लिदै आएको दूरसञ्चार सेवा दस्तुर तीन प्रतिशत घटेको छ । आगामी आर्थिक बर्ष २०७९/८० मार्फत इन्टरनेट शुल्क घटाउने नीति लिएको हो ।

हालसम्म दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत लिँदै आएकोमा सरकारले आगामी आवदेखि त्यसलाई झारेर १० प्रतिशत कायम गरेको छ ।

टेलिफोन, मोबाइल, इन्टरनेट जस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महशुलको १० प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुर बापत असुल गर्नुपर्ने व्यवस्था गरेको छ ।

कर घटेसँगै आगामी साउनदेखि इनटरनेट शुल्क घट्ने भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया