सनराइज क्यापिटलमा शुल्क डिम्याट खाता खोल्न सकिने सुविधा

४ बर्ष अगाडि

काठमाडौं- सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । 

कम्पनीले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । 

उक्त सुविधा तथा अभियानबाट विशेषत पूँजीबजार बाहिर रहेका गृहीणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाइदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया