राष्ट्र बैंकले भोलि २३ अर्ब १३ करोडको ट्रेजरी बिलको बोलकबोल गर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) २३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले जेठ १७ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो असार १४ गते परिपक्व हुनेछ ।

यसैगरी बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो भदौ १४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले १८२ का लागि ६ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल भने आउँदो मंसिर १३ गते परिपक्व हुनेछ ।

त्यस्तै राष्ट्र बैंकले २०८० जेठ १६ गते परिवक्व हुने गरी ३६४ दिने १२ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ । यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । 

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया