प्रभु बैैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं-  प्रभु बैैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले आइतवार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ९४ हजार ६११ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई उक्त शेयर विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया