सरकारी कर्मचारीहरुको तलब बढ्ने

३ बर्ष अगाडि

काठमाडौं - सरकारले आज आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले  आय व्ययको विवरण प्रस्तुत गर्ने कार्यक्रम छ । 

यो आर्थिक वर्षको बजेटको आकार १७ खर्बभन्दा माथि हुने अनुमान गरिएको छ । बजेट चालु आर्थिक वर्षको भन्दा २ खर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । उक्त बजेट पूरै खर्च हुन नसक्ने भएपछि अर्धवार्षिक समीक्षामार्फत आकार घटाउँदै १५ खर्ब ४६ अर्ब रुपैयाँको बनाइएको छ । उक्त बजेटसमेत पूरै खर्च हुन सक्ने स्थिति छैन । 

बजेटमा सरकारी कर्मचारीहरुको तलब २ हजार रुपैयाँसम्मले वृद्धि हुने अर्थमन्त्रालयस्थित स्रोतहरुले दाबी गरेका छन् भने आम मानिसको चासो रहेको आयकरको सीमा समेत बढाउने तयारी गरिएको छ । 

यस्तै, सरकारले बजेटमार्फत सामाजिक सुरक्षाभत्ताका लागि योग्य हुने उमेर समेत केही घटाएर स्रोतमाथि दवाब थप्दैछ । हाल ७० वर्ष र सोभन्दा माथिकाले सामाजिक सुरक्षाभत्ता पाइरहेकोमा यो उमेरलाई घटाएर ६८ वर्ष बनाउन खोजिएको छ । 

२ वर्ष उमेर घटाउँदा सरकारलाई सामाजिक सुरक्षाभत्ता व्यवस्थापमा १५ अर्ब बढी दायीत्व थपिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया