आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने, मूल्य बृद्धि नियन्त्रणको उपायको खोजी

३ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले मूल्य बृद्धि नियन्त्रणको उपायको खोजी सहित संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै छन् ।

उनले आज अपरान्ह ४ बजे आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्न लागेका हुन् । जेठ १५ गते बजेट ल्याउने संविधानमा नै व्यवस्था गरिएको छ । त्यही व्यवस्था अनुसार नै अर्थमन्त्री शर्माले दुवै सदनमा बजेट पेश गर्न लागेका हुन् ।

हिजो अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका थिए । सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेकाले सरकारलाई बजेट प्रस्तुत गर्न बाटो खुलेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया