मलेसियासँग श्रम सम्झौता भएपछि पठाइएका कामदारको विवरण पठाउने समय थप, कहिलेसम्म ?

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले मलेसियासँग श्रम सम्झौता भएपछि पठाइएका कामदारको विवरण पठाउने म्याद १५ दिन थप गरेको छ । 

यसअघि गत जेठ ५ गते सात दिनभित्र विभागमा मलेसिया पठाएका कामदारको विवरण पठाउन पत्राचार गरेकोे विभागले वैदेशिक रोजगार व्यवसायी संघको लिखित आग्रहमा १५ दिन समय थप गरेकोे हो । 

 संघका संयोजक विमलप्रसाद ढकालले केही व्यवसायी स्थानीय तहको निर्वाचनका लागि राजधानी बाहिर र केही व्यवसायी विदेशमा रहेकोे भन्दै विभागले दिएको एक हप्ताको समय अपर्याप्त भएको भन्दै म्याद थप गर्न लिखित आग्रह गरेका थिए ।

विभागले संघबाट प्राप्त पत्र र आग्रहसमेतलाई ध्यान दिएर म्याद थप गरिएको भन्दै थपिएको म्यादमा तोकिएको ढाँचामा अनिवार्यरूपमा विवरण पठाउनुपर्ने बताएको छ । थप भएको म्याद जेठ २६ गतेसम्म रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया