चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर पुग्ने

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्ष प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर पुग्ने अनुमान सरकारले गरेको छ ।  २०७७/७८ मा प्रतिव्यक्ति  कुल राष्ट्रिय आय १२४६ डलर थियो । 

शनिबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्भेक्षणका अनुसार राष्ट्रिय खर्चयोग्य आय प्रतिव्यक्ति १६८३ डलर पुग्ने अनुमान गरेको छ ।

कुल गार्हस्थ उत्पादनसँग लगानीको अनुपात ३७.३ प्रतिशत पुग्ने अनुमान सर्वेक्षणले प्रस्तुत गरेको छ । गत आवमा यो ३५.९ प्रतिशत थियो । 

यो आर्थिक वर्षको अन्त्यसम्ममा उपभोक्ता मूल्यमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको पुग्ने अनुमान गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया