एजेन्सी - रियल मड्रिडले १४औं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । शनिबार राति भएको फाइनल खेलमा लिभरपुललाई १–० गोल अन्तरले पराजित रियल मड्रिडले उपाधिमाथि कब्जा जमाएको हो ।
शनिबारको खेलमा रियल मड्रिडलाई जित दिलाउने क्रममा खेलको ५९ औं मिनेटमा भिनिसस जुनियरले निर्णायक गोल गरे । लिभरपुलको तर्फबाट कुनै गोल हुन सकेन ।
रियलको जितसँगै प्रशिक्षक कार्लो एन्सेलोटी पनि आफ्नो टोलीलाई चौथो च्याम्पियन्स लिगको उपाधि दिलाउने प्रशिक्षक बनेका छन् ।
प्रतिक्रिया