काठमाडौं - सञ्चालमा रहेका ४४ वटा सार्वजनिक संस्थान मध्ये २२ वटा मात्रै मुनाफामा देखिएका छन् ।
अर्थमन्त्रालका अनुसार आर्थिक वर्ष २०७६/७७ मा संस्थानको कल सञ्चालन आय ४ खर्ब २८ अर्ब रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा १.५१ प्रतिशतले बृद्धि भइ ४ खर्ब ३५ अर्ब रुपैया पुगेको छ ।
गत वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५.४२ प्रतिशतले कमि आइ आर्थिक वर्ष २०७७/७८ मा २६ खर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सरकारले जम्मा ६ खर्ब ७२ करोड १४ लाख लाभाश प्राप्त गरेको छ । अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशतले कमि हो । जनउपयोगी र वित्तीय संस्था बाहेक अन्य संस्थानहरु नोक्सानमा छन् । सरकारले यिनै जनउपयोगी र वित्तीय संस्थाहरुबाट मात्रै लाभांश प्राप्त गरेको छ ।
प्रतिक्रिया