काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सको सूचना अधिकारीमा विनोद कुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको कम्पनी सचिव समेत रहेका वरिष्ठ प्रबन्धक भुजेललाई सूचना अधिकारीको थप जिम्मेवारी दिइएको हो ।
यस अघिका सूचना अधिकारी रोशन निरौलाले राजीनामा दिएकाले जेठ १३ गते देखि लागु हुने गरी भुजेलले जिम्मेवारी पाएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया