नबिल बैंकले लगातार आगामी तीन आर्थिक वर्षसम्म ३० प्रतिशत भन्दा माथिको दरले लाभांश दिने

३ बर्ष अगाडि

काठमाडौं- नबिल बैंकका संचालक समितिक अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले लगातार आगामी तीन आर्थिक वर्षसम्म ३० प्रतिशत भन्दा माथिको दरले शेयरधनीलाई लाभांश दिने बताएका छन् । 

नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्न बुधबार बोलाइएको नबिल बैंकको विशेष साधारणसभामा शेयरधनीलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले भने बजारले हिजोआज दिएको प्रतिफल भन्दा दोब्बर वा ३० प्रतिशत लाभांश दिनेछौं । हामी लगातार तीन वर्षसम्म शेयरधनीलाई ३० प्रतिशतको दरले लाभांश दिन्छौं ।ु  

नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि भोलीका दिनमा बैंकले दिने  शेयरधनीको   प्रतिफलको प्रश्नमाथि जवाफ दिदै अध्यक्षले यस्तो बताएका हुन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया