एमालेका २१ नेता-कार्यकर्ता : चुनावमा अन्तरघात भएको भन्दै गरे पार्टी परित्याग

३ बर्ष अगाडि

काठमाडौं- स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्।

निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तरघातको आरोप लगाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया