काठमाडौं - रोमानियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको rubi consulting srl कम्पनीले विभिन्न पदका लागि ५४ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ८० हजार बढि पाउनेछ । इच्छुक कामदारले प्रोटेक नेपाल इम्प्लोइमेन्ट प्रालिको कार्यालय गोंगबु काठमाडौंमा जेठ २० अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया