एनआईसी एशिया सेलेक्ट ३० नाफा साढे ७८ लाख बढी,धितोपत्रमा कति लगानी ?

४ बर्ष अगाडि

काठमाडौं- एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले वैशाख मसान्तसम्ममा ७८ लाख ५८ हजार रुपैंया नाफा कमाएको छ । यो नाफा चैत मसान्तको तुलनामा १५ प्रतिशत घटेको हो । चैत मसान्तसम्ममा फण्डले  ९३ लाख ३६ हजार रुपैंया नाफा कमाएको थियो । 

चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च १ अर्ब ७५ करोड रुपैंया रहेकोमा वैशाख मसान्तसम्ममा बढेर १ अर्ब ९७ रुपैंया करोड पुगेको हो । 

चैत मसान्तसम्ममा फण्डको जम्मा आम्दानी २ करोड ६८ लाख रुपैंया रहेकोमा वैशाख मसान्तसम्ममा बढेर २ करोड ७५ लाख रुपैंया पुगेको हो । 

त्यसैगरी फण्डको एनएभी चैत मसान्तसम्ममा १०.०२ रुपैंया रहेकोमा वैशाख मसान्तसम्ममा १०.०१ कायम भएको हो । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा २२ करोड ६९ लाख रुपैंया लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्ममा २३ करोड ७४ लाख रुपैंया थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया