हृदयघात भएका पारस डिस्चार्ज

७ बर्ष अगाडि

काठमाडौँ– पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएका उनको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलले शुक्रबार डिस्चार्ज गरेको हो । डिस्चार्ज पछि उनी  निर्मल निवास फर्किएका छन् । 

आइतबार अस्पताल भर्ना भएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुगेका थिए ।  उनको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ । 

उनी अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया