हङकङ छाड्ने मानिसहरुको संख्या वृद्धि

३ बर्ष अगाडि

एजेन्सी - सन् २०२२ मा हङकङ छाड्ने मानिसहरुको संख्या वृद्धि भएको छ । हङकङबासीहरुले आफ्नो इच्छाले नभई कोभिड प्रतिबन्धहरुका कारण सहर छाडिरहेको बताएका छन् । 

हङकङका नागरिकहरुले कोभिड प्रतिबन्धहरुलाई प्रजातान्त्रिक मूल्य–मान्यताको क्षयिकरणका रुपमा व्याख्या गरेका छन् र यसले सहर छाड्न बाध्य पारिरहेको बताएका छन् । 

गत ६० वर्षको अवधिमा हङकङको जनसंख्या लगभग प्रत्येक वर्ष वृद्धि भइरहेको छ । हङकङको जनगणना तथा तथ्याङ्क विभागका अनुसार सन् १९६१ मा ३।२ मिलियन रहेको हङकङको जनसंख्या सन् २०१९ मा ७।५ मिलियन पुगेको थियो । 

सन् २०१५ देखि २०१९ को बीचमा हङकङमा वार्षिक औसत ५३ हजार नयाँ बासिन्दा थपिएका थिए । तर सन् २०२२ मार्चको पहिलो दुई सातामा मात्रै लगभग यति नै संख्यामा मानिसहरु हङकङबाट बाहिरिएको हङकङको अध्यागमन विभागले जनाएको छ । 

सन् २०२० मा हङकङबाट करिब ९३ हजार मानिसहरु बाहिरिएका थिए । त्यस्तै सन् २०२१ मा यो संख्या २३ हजार थियो । सुरुवाती आँकडा हेर्ने हो भने यो संख्या यो वर्ष अझै बढ्ने देखिएको छ । 

हङकङमा १७ वर्षदेखि बसोबास गर्दै गरेकी पेई सी भन्छिन् । उनका अनुसार यस वर्षको सुरुवातमा हङकङमा कोरोना पोजेटिभ बालबालिकाहरुलाई अभिभावकबाट छुट्याइएको थियो । जसका कारण अधिकांश अभिभावकहरु डराए र सहर छाड्न बाध्य भए । 

पेईका अनुसार बितेको ६ महिनादेखि १२ महिनाको अवधिमा उनका चिरपरिचित करिब ६० देखि ७० प्रतिशत साथीसंगीहरुले हङकङ छाडिसकेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया