काठमाडौं - बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा सुरक्षण कोषले चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा सुरक्षण शुल्क आम्दानीमा झण्डै ५१ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।
कोषले सार्वजनिक गरेको तेश्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २ अर्ब ८९ करोड ५९ लाख ६३ हजार रुपैयाँ सुरक्षण शुल्क आम्दानी भएको छ ।
कोषको वित्तीय विवरण अनुसार तेश्रो त्रैमासमा मात्र १ अर्ब ३८ करोड ९९ लाख ७० हजार रुपैयाँ सुरक्षण शुल्क वापत आम्दानी गरेको छ ।
कोषले नौ महिनामा गरेको सुरक्षण शुल्कवापतको आधाभन्दा बढी अर्थात ५२ प्रतिशत आम्दानी माघदेखि चैत्रभित्र तीन महिनाको अवधिमै गरेको छ ।
प्रतिक्रिया