काठमाडौं - रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।
सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
वि.सं २०७९ जेष्ठ ९ गतेदेखि लागू हुनेगरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
प्रतिक्रिया