१० महिनामा २० निर्जीवन बीमा कम्पनीद्धारा ३१ अर्ब १९ करोड ७१ लाख बीमशुल्क संकलन

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमशुल्क संकलन गरेका छन् । 

कुल २० कम्पनीहरुलेयस अवधिमा २३ लाख ४८ हजार २३२ वटा बीमालेख जारी गरेर उक्त रकम बीमाशुल्क संकलन गरेका हुन् ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब १३ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क रकमको १३.२४ प्रतिशत हिस्सा हो ।

शिखरपछि दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको सगरमाथा इन्स्योरेन्सले २ अर्ब ५९ करोड ६० लाख रुपैयाँ संकलन गर्दा नेको इन्स्योरेन्सले २ अर्ब ४१ करोड ४७ लाख र सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

थप १३ निर्जीवन बीमा कम्पनीले २ अर्बभन्दा कम १ अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्दा तीन कम्पनीको बीमाशुल्क संकलन एक अर्बभन्दा कम छ । समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार सानिमा जनरल, जनरल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले एक अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया