भारत सरकारले बढायो २० प्रतिशत तेश्रो पक्ष मोटर बीमा शुल्क

३ बर्ष अगाडि

एजेन्सी - भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले जुन १ देखि लागू हुने गरी विभिन्न श्रेणीका सवारीसाधनका लागि तेश्रो पक्ष बीमाको बीमा शुल्कमा २० प्रतिशतसम्म वृद्धि गरेको छ ।

मन्त्रालयले तेश्रो पक्ष बीमाशुल्क दर निर्धारण गरेको यो पहिलो पटक हो । मन्त्रालयले निर्धारण गरेको बीमाशुल्क दरमा सवारीसाधनको इन्जिन क्षमता अनुसार बीमाशुल्क दरमा १ देखि २० प्रतिशतसम्मको वृद्धि गरिएको छ । 

तर ७५ देखि १५० सिसि क्षमताको इन्जिन भएको मोटरसाइकलको तेश्रो पक्ष बीमाशुल्क दरमा ५.१ प्रतिशत कटौती गरेको छ ।

यसअघि कोरोना महामारीको कारण तेश्रो पक्ष बीमा बीमाशुल्क दर वृद्धिमा १६ जुन २०१९ यता रोक लगाइएको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया