दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी, सिरीज १–१ को बराबरीमा टुंगियो

६ बर्ष अगाडि

काठमाडौं–ः घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएको छ । योसँगै नेपालले युएईविरुद्ध बदला पनि लिएको छ । 
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो खेलमा नेपालले युएईलाई विकेटले हराएको हो । 


युएईले दिएको १०८ रनको सामान्य लक्ष्य नेपालले ६ विकेट गुमाउँदै १०.३ ओभरमा पुरा गर्यो । 

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले नटआउट ४७ रनको योगदान दिए । यस्तै करण केसीले २० र पवन सर्राफले १८ रनको योगदान दिँदा अरु खेलाडीले दोहोरो अंक छुन सकेनन् । 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटिएको थियो।

यसअघि बिहीबारको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । योसँगै सिरिज एक एकको बराबरीमा सकिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया