काठमाडौं - चालु आर्थिक वर्षको ९ महिनामा वित्तीय प्रणालीको अल्पकालिन तथा दिर्घकालिन ब्याजदरमा उच्च वृद्धि भएको छ ।
यो अवधिमा बैंकिङ प्रणालीमा कर्जाको तुलनामा स्रोत अभावको समस्या जटिल बन्दैगएपछि ब्याजदरमा अस्वभाविक उतारचढाव देखिएको हो ।
गत आर्थिक वर्षको अन्तिम महिना असार महिनाको तुलनामा चैतसम्ममा बैंकिङ क्षेत्रको ब्याजदर ६९ प्रतिशतसम्मले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा चैत अन्तिमसम्ममा वाणिज्य बैंकहरुको औसत ६९.६६ प्रतिशतले बढेको छ भने ९१ दिनको ट्रेजरी विल्सको बट्टादर ६६.५९ प्रतिशतले बढेको छ ।
त्यसैगरी सो ९ महिनाको अवधिमा कर्जाको भारित औसत ब्याजदर २७.८८ र निक्षेपको भारित औसत ब्याजदर पनि ५२.९० प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको औसर आधार ३७.६८ प्रतिशतले बढेको जनाएको छ ।
प्रतिक्रिया