क्रोएशियामा रोजगारीको अवसर, मासिक ७९-८५ मासिक तलबसहित भारी संख्यामा माग्यो कर्मचारी

३ बर्ष अगाडि

काठमाडौं, क्रोएशियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । क्रोएशियामा रहेको  EXPRESS KADROVI D.O.O कम्पनीले विभिन्न पदका लागि २५० जना पुरुष र २०० जना महिला गरी जम्मा ४५० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ७९ हजार देखि ८५ हजार बढि पाउनेछ । इच्छुक कामदारले Sunera Nepal Incorpated Pvt.Ltd. कार्यालय महाराजगञ्ज काठमाडौंमा जेठ २२, २३ र २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।  

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया