१ करोड ३२ लाख बढीको हकप्रद शेयर निष्कासनको अनुमति माग्दै दुई कम्पनी पुगे धितोपत्र बोर्ड, कुन/कुन ?

४ बर्ष अगाडि

काठमाडौं- दुई वटा हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् ।  बरूण हाइड्रोपावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने सेबोनमा निवेदन दिएका हुन् । 

दुवै कम्पनीलाई  विद्युत नियमन आयोगले हकप्रद निष्कासन गर्न अनुमति दिइसकेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न जेठ ११ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । 

त्यसैगरी, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरको १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद निष्कासन गर्न जेठ ९ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया