काठमाडौं- साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८.०३ अंक बढेर २२३९.६० बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक यस दिन १५.८२ अंकले घटेर २२२३.७८ को बिन्दुमा पुगेको ट । नेप्से परिसुचक ०.७१ प्रतिशतले घटेको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत हेरफेर भएको छैन । यसअघिका अर्धवार्षिक नीतिहरूलाई निरन्तरता दिइएको छ ।
अब मौद्रिक नीतिको समिक्षापछि यतिबेला लगानीकर्ताहरू बजेट कुर्दै बसिरहेका छन् । मौद्रिक नीतिको समिक्षामा त केही नीतिगत परिवर्तन भएन अब बजेटमा केही नीतिगत परिवर्तन हुनसक्ने कुराले अहिले लगानीकर्ताहरूले यही गर्ने भनेर ठोस निर्णय लिन सकेका छैनन् ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
सर्वाधिक धेरै कारोबार प्रभु बैंकको संस्थापक शेयर भएको छ । कम्पनीको १७ करोड ६० लाख बढीको शेयर कारोबार भएको हो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटल तथा पर्यटनबाहेक सबै वटा उपसमूहको शेयर घटेको छ ।
आज रुरु जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ६.१३ प्रतिशतले वृद्धि भएको छ ।
यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरमूल्य ३.८९ प्रतिशतले घटेर १३ हजार ८ सय ८८ रूपैयाँमा झरेको छ ।
प्रतिक्रिया