काठमाडौं - कृष्ण सेन‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार (२०७९) र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार (२०७८) बाट ४ जना पत्रकार पुरस्कृत भएका छन् ।
इच्छुक स्मृतिको २१औं दिवसको उपलक्ष्यमा चारजना पत्रकारलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदान गरेका हुन् ।
कृष्ण सेन‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द आचार्य र महेश्वर दाहाल पुरस्कृत भएका छन् । यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार बलराम थापा र लक्ष्मी पुन पुरस्कृत भएका छन् ।
यस्तै इच्छुक जस्तै त्याग र समर्पणको भाग सबै पत्रकार र साहित्यकार हुनुपर्ने अध्यक्ष प्रचण्डले बताए ।
प्रतिक्रिया