भीएमवेयरलाई चीपमेकर ब्रोडकमले ६१ अर्ब डलरमा खरिद गर्ने

३ बर्ष अगाडि

एजेन्सी - चीपमेकर ब्रोडकमले क्लाउड कम्प्युटिङ कम्पनी भीएमवेयरलाई ६१ अर्ब डलरमा खरिद गर्ने भएको छ ।  

माइक्रोसफ्ट कर्पोरेशन र भिडियो गेम-मेकर एक्टिभिजन बिलिज्यार्डबीच भएको एक्युजीसन सन् २०२२ को सबैभन्दा ठूलो एक्युजीसन डिल रहेको छ । यस सँगै ब्रोडकम र भीएमवेयरको एक्युजीसन सम्झौता यस वर्षको दोस्रो ठूलो सम्झौता सावित भएको हो ।

भीएमयोएरले एक्युजीसनमा जानको लागि मे २२ मा आवेदन खुल्ला गरेको थियो । आवेदनको समय ४० दिन राखिएको छ । यी ४० दिनभित्रमा अरु कुनै कम्पनीहरुले भीएमवेयर अधिग्रहण गर्नु चाहेमा भीमवेयरले ब्रोडकमलाई सम्झौता ब्रेकअप गरेबापत १।५ बिलियन तिर्नु पर्ने छ ।

हालसम्म अरु कम्पनी अघि नर्सदा ब्रोडकम र भीएमवेयर बीच सम्झौता कायम भएको छ । ब्रोडकमले भीएमवेयरको प्रति कित्ता १४२।५० डलरमा खरिद गर्ने भएको छ । यसैगरी उक्त सम्झौतामा भीएमवेयरको ८ अर्ब डलर ऋणलाई पनि समावेश गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया