मौद्रीक नीति समीक्षा : पुनरकर्जाको सिमालाई घटाउने संकेत

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । तेस्रो त्रैमासिक समीक्षामा केन्द्रिय बैंकले अर्धवार्षिक समीक्षामा लिइएका नितिहरुलाई नै निरन्तरता दिएको छ ।

केन्द्रिय बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको जनाएको छ । 

तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने केन्द्रिय बैंकले जनाएको छ ।

यसैगरी केन्द्रिय बैंकले पुनरकर्जाको सिमालाई भने घटाउने संकेत गरेको छ । केन्द्रिय बैंकले कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने भएको हो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया