काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन् ।
शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले यस्तो बताएका हुन् । उनले भने, ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं ।’
साथै आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने बताएका छन् । आफूले निर्वाचनको परिणामलाई एउटा सुरूवातको रूपमा लिएको पनि बताए ।
‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं । निर्वाचनको परिणाम जुन आएको छ । यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूवात हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’
प्रतिक्रिया