नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत IJ Global पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league तालिकामा सूचीकृत भएको छ ।
IJ Global Euromoney संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। IJ Global तथ्यांकले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र २ हजार १०० कोष समावेश गर्दछ। जुन शीर्ष परियोजना वित्त ऋणदाताहरुको ८० प्रतिशत, शीर्ष कानून फर्महरुको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशतको बजार कभरेजका साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।
यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरियता लिग तालिकामा नबिल बैंक १४ औँ स्थानमा छ । जुन G- SIB (Global Systemically Important Banks) शीर्ष २० औँमा पर्न सफल भएको छ। लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।
नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटीएम र १७० भन्दा बढी बैंकिङ साझेदारमार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच व्यावसायिक बैंकिङ सेवा गर्दै आएको छ। नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेसन व्यवस्थामा अगाडि छ ।
निर्माणमा आधारित उद्योगहरु जस्तै– सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिई चलेका उद्योगहरुबाट देशको कुल खपतको ५० प्रतिशत माग पूर्ति गर्दै आएको छ । जलविद्युत क्षेत्रमा १ हजार ८०० मेगावाटसम्मको आन्तरिक जलविद्युत उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ ।
त्यसैगरी नबिल बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि देशकै सबैभन्दा ठूलो ऋण सिन्डिकेसन व्यवस्थापनको एक महत्वपूर्ण हिस्सा पनि हो ।
प्रतिक्रिया