फलफूल तथा जडिबुटी प्रशोधन परियोजनाका लागि कर्जामा प्रिमियम २ प्रतिशत मात्रै

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले स्वदेशी कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आधार दर पछिको प्रिमियममा सीमा तोकिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई फलफूल तथा जडिबुटी प्रशोधन परियोजनाका लागि कर्जा दिदाँ आधार दरमा २ प्रतिशत मात्र प्रिमियम लिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ,“फलफूल एवम् जडिबुटी उत्पादनका लागि पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ ।” तर, यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुनेरभएका कर्जामा भने लागू नहुने केन्द्रीय बैंकले जनाएको छ ।

यसभन्दा अघि बैंक तथा वित्तीय संस्थाले आधार दरमा वा त्यसमा केही मात्र प्रिमियम थप गरी ब्याज लीन पाउने विभिन्न क्षेत्रहरु ६ वटा मात्र थिए । बिहीबार केन्द्रीय बैंकले एकिकृत निर्देशनलाई संशोधन गर्दै थप एक बुँदा थप गरेर सात पु¥याएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया