महङ्गी नियन्त्रणमा अमेरिकी केन्द्रीय बैंक असफल : अर्बपति बिल एक्मान

३ बर्ष अगाडि

एजेन्सी - हेज फन्डका अर्बपति लगानीकर्ता बिल एक्मानले अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले महङ्गी नियन्त्रण गर्नको लागि गरेका प्रयासहरु असफल भएको बताएका छन् ।

४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्नको लागि फेडरल रिजर्भ (फेड) ले मार्च महिनाबाट औसत ब्याजदर बढाइरहेको छ । आक्रामक रुपमा फेडले औसत ब्याजदर बढाएपनि मुद्रास्फीतिमा कमी आएको छैन ।

मुद्रास्फीति दरमा कमी नआउनु र आर्थिक क्रियाकलाप कम गरिँदै जाँदा लगानीकर्ताहरु भयावित भई सेयर बजारमा व्यापक सेल अफ गरिरहेको उनले बताएका छन् । 

यस किसिमको गतिविधि बढ्दै जाँदा निकट भविष्यमा अर्थतन्त्र कोल्याप्स हुने अवस्थामा पुग्ने उनको भनाई छ ।

ट्वीट गर्दै उनले फेडले आकाशिएको मुद्रास्फीति नियन्त्रण गर्न नसक्नुले यसको विश्वसनीयतामा प्रश्न उठाएको जनाएका छन् । फेडले औसत ब्याजदर बढाएसँगै विश्व सेयर बजार ओरालो लागेको छ । 

फेडले आगामी महिनामा थप ब्याजदर बढाउने तयारी गरेको छ । यसले लगानीकर्ताहरुमा अन्योलता बढाएको उनको ठम्याइ रहेको छ ।

सन् २०२३ को सुरुवाती महिनामा ३ अर्ब अमेरिकी डलर बराबरको नेटवर्थ भएका बिलको अहिले नेटवर्थ घटेर २।८ अर्ब डलर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया