दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

४ बर्ष अगाडि

काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओ जेठ १२ गते, बिहीबार बाँडफाँड भएको हो ।

कम्पनीले बैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको थियो । 

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर बिक्री गरेको थियो। 

सो मध्ये ७ लाख ५६ हजार ४२० कित्ता शेयर बिहीबार बाँडफाँड गरिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

शेयर बाँडफाँड सम्बन्धी विवरण क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया