काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर जबराले कम्युनिष्ट नेतृत्वको सरकारले घरघरमा भ्रष्टाचार पुर्याएको आरोप लगाएका छन् ।
एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीसँगको एकता कार्यक्रममा बोल्दै राणाले सो कुरा बताएका हुन् । उनले कम्युनिस्ट सरकारको दश महिने कार्यकाल शून्य अवस्थामा रहेको समेत दावी गरे ।
सरकारको दश महिने कार्यकाल शून्य अवस्थामा छ, यो भ्रष्ट सरकार हो उनले भने । कम्युनिस्ट पार्टीले भ्रष्टाचार विकेन्द्रीकरण गरेर नगर र गाउँमा पुर्याएको छु, उनले भने, कम्युनिस्टले चुनावमा सिंहदरबारको अधिकार गाउँमा पुर्याउछौँ भनेका थिए।तर भ्रष्टाचार घरघरमा पुर्याए।
प्रतिक्रिया