काठमाडौं- साताको चौथो कारोबारको दिन (बिहीबार) पनि शेयर उकालो लागेको छ ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज ८.०३ अंकले बढेर २२३९.६० को बिन्दुमा पुगेको हो । नेप्से ०.३६ अंकले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने १.३९ अंकले बढेर ४३६.४७ विन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक ८ अंकले बढ्दा सूचीकृत २२२ कम्पनीको २३ लाख २० हजार ८१६ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको शेयर घटेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ ।
त्यसैगरी, बिहीबार कारोबारमा मेगा बैंक लिमिटेड अब्बल रहेको छ । बैंकको ५ करोड ४२ लाख १४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज मेगा बैंक लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर २ सय ४७ रूपैयाँ ५० पैसा कायम भएको छ ।
यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ५.४७ प्रतिशतले घटेर एक हजार एक सय ५ रूपैयाँमा झरेको छ ।
प्रतिक्रिया