यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बिहीबार) पनि शेयर उकालो लागेको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज ८.०३ अंकले बढेर २२३९.६० को बिन्दुमा पुगेको हो । 

आज नेप्से परिसूचक ८ अंकले बढ्दा सूचीकृत २२२ कम्पनीको २३ लाख २० हजार ८१६ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँको कारोबार भएको छ ।

आज शेयरबजारमा एक अर्बको कारोबार पनि हुन सकेन । सो रकम बराबरको शेयर कारोबार हुँदा सर्वाधिक मेगा बैंक नेपाल लिमिटेडको भएको छ । बैंकको ५ करोड ४२ लाख १४ हजार ४६२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको ४ करोड ४ लाख, नबिल बैंकको ३ करोड ५७ लाख, अपर तामाकोशीको २ करोड ८३ लाख र जाल्पा सामुदायिक लघुवित्तको २ करोड २९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया