काठमाडौं- साताको चौथो कारोबारको दिन (बिहीबार) पनि शेयर उकालो लागेको छ ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज ८.०३ अंकले बढेर २२३९.६० को बिन्दुमा पुगेको हो ।
आज मेगा बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.२४७.५० पुगेको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयर ६.२० प्रतिशतले बढेको छ।
यस्तै, कुमारी इक्विटी फण्डको ५.२६ प्रतिशत,ग्रिन लाइफ हाईड्रोपावरको ४.०३ प्रतिशत र एनआइबिएल समृद्धि फण्डको ३.५३ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया