काठमाडौं - ‘खल्ती’ले ‘दि बिगेस्ट पेमेन्ट–जात्रा’का रुपमा एक भव्य अफर ल्याएको छ । उक्त अफरअन्तर्गत खल्तीबाट एक महिनामा कम्तीमा ३ वटा भुक्तानी गर्ने प्रयोगकर्ताले पल्सर एनएस १६० एबीएससहित धेरै आकर्षक उपहार र १ करोड रुपैयाँबराबरको अफर जित्न सक्नेछन् ।
खल्तीले ३ वटा बजाज पल्सर एनएस १६० एबीएस बाइक, १४ स्मार्टफोन, ७ स्मार्ट टीभी, ५२ ७० स्मार्टब्यान्ड र अन्य धेरै उपहार दिइरहेको छ । यसका साथै यो ५२ दिने अफरमा प्रयोगकर्ताले सेल्फ–टपअपमा १० प्रतिशत क्यासब्याक, मेरो सेयर र डिम्याट नवीकरणमा १० प्रतिशत क्यासब्याक र दैनिक उडान टिकट रु। १ मा पनि प्राप्त गर्नेछन् ।
यस अफरमा दैनिक फ्लाइट टिकट बुक गर्दा रु। १ मा फ्लाइट टिकट, बीमा भुक्तानीमा स्मार्टब्यान्ड, अनि साप्ताहिक रुपमा वर्ल्डलिंक भुक्तानीमा स्मार्ट टीभी र कुनै पनि भुक्तानीमा स्मार्टफोन जित्न सकिनेछ ।
यसका साथै जेठ १७ गतेदेखि असार ३२ गतेसम्म ४७ दिनसम्म जारी रहने गरी टीभी, इन्टरनेट, फ्लाइट, जीवन बीमा, मुभी टिकट, बिजुली, ल्यान्डलाइन, एन्टिभाइरसको आदिको भुक्तानीमा ५०५ सम्म क्यासब्याक पाइने नेपालकै सबैभन्दा रोमाञ्चक र सबैभन्दा लामो फायर–सेल हुने भएको छ ।
यो अफर जेठ र असारका २ खण्डमा विभाजन गरिएको छ र जेठ १२ २०७९ देखि ३२ असार २०७९ सम्म मान्य छ। यस अफरमा सहभागी हुन प्रयोगकर्ताले केवाईसी प्रमाणीकरण अनिवार्य गर्नुपर्नेछ।
प्रतिक्रिया