राष्ट्र बैंकले बिक्रीमा ल्याएको ३ अर्ब ३ करोड ६ लाख बढिको नागरिक बचतपत्रमा आजबाट आवेदन दिन सकिने, कहिलेसम्म ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले आजबाट नागरिक बचतपत्र–२०८४ बिक्री खुला गरेको छ । 

केन्द्रीय बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गरेको हो । यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् ।

यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज ९ब्याज कर लाग्ने० पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिने राष्ट्र बैंकले जनाएको छ । 

लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सक्नेछन् । यो बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ । 

बचतपत्रमा यही जेठ ३१ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया