१३ वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न दक्षिण कोरियाले बढायो औसत ब्याजदर

३ बर्ष अगाडि

एजेन्सी - १३ वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रणको लागि दक्षिण कोरियाको केन्द्रीय बैंकले औसत ब्याजदर बढाएको छ ।

मुद्रास्फीति नियन्त्रणका लागि विकसित देशहरुले औसत ब्याज दर वृद्धि गरिरहेका छन् । त्यहि अवधारणा अवलम्बन गर्दै दक्षिण कोरियाको केन्द्रीय बैंकले ०.२५ प्रतिशतले ब्याजदर बढाएको हो ।

यसैगरी बैंक अफ कोरियाले सन् २०२३ को अन्त्य सम्ममा मुद्रास्फीति दर ४.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको छ । रुस–युक्रेन युद्धका कारण इन्धन तथा खाद्य पदार्थको मूल्य वृद्धि भएको हुँदा यस वर्ष मुद्रास्फीति २ प्रतिशतमा पु¥याउन नसकिने केन्द्रीय बैंकले जनाएको छ।

औसत ब्याज दर बढाएर मुद्रास्फीति नियन्त्रण गर्दा आर्थिक क्रियाकलापमा कमी हुँदा आर्थिक वृद्धि दर २.७ प्रतिशत हुने बैंकले अनुमान गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया