वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका फरार अभियुक्त पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका एक जनालाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । 

बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । 

उनलाई वैदेशिक रोजगारी ठगी कसुरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडौंले दुई वर्ष पहिले सजाय सुनाएको थियो । शर्मालाई एक वर्ष पाँच महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो । 

सोही दिनदेखि शर्मा फरार थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया