बोनस सेयरमा लाग्ने करबापत रकम जम्मा गर्न सेयरधनीहरुलाई गरिमा विकास बैंकको आग्रह

३ बर्ष अगाडि

काठमाडौं - गरिमा विकास बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयरमा लाग्ने करबापत रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । 

बैंकले आज एक सूचना प्रकाशित गर्दै गत चैत १८ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट पारित गत आर्थिक वर्षको १६ प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो । 

साविक सहारा विकास बैंकलाई प्राप्ति गरी गरिमा विकास बैंकको नामबाट एकीकृत कारोबार भएको मिति २०७८ कात्तिक २८ गतेपश्चात सेयर खरिद गरेका सेयरधनीहरुले मात्रै उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्नुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया