काठमाडौं - बैंक अफ काठमाण्डौको ४ लाख ८१ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।
बैंक अफ काठमाण्डूले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक सेयर जेठ ११ गते देखि बिक्रीमा ल्याएको हो । यो सेयर बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न पाउनेछन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
इच्छुक संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा लिखित निवेदनसहित आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया