आईपीओ निष्काशनको प्रस्ताप पारित गर्न हिमालयन रिइन्स्योरेन्सले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन रिइन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा बोलाएको छ । सभा जेठ २७ गते हुने भएको छ । 

कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । सभा होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।

सभाले सर्वसाधारणको लागि प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने रहेको छ ।

नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया