बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा १० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमशः ७ प्रतिशत तथा १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

यस सम्झौता पश्चात् ग्राहकहरुले ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ अधिकतम् १० प्रतिशत सम्मको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । 

ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया